दुलहीको खोज

0
~प्रमोद अमात्य ~Pramod Amatya
अमेरिकामा:
ममी-
आउन छोरा एउटा कुरा जरुरी गर्नुछ
नेपाल गई दुलही एक तिमीले हेर्नुछ ।
छोरा –
ममीको मन जरुर राख्छु नेपाल म जान्छु
नेपाल जाने टिकट पनि अहिले म किन्छु ।
नेपालमा दुलही खोज्दै:
दुलहा –
म टाठो बाठो अम्रिका बाट नेपाल आएको
सुशील राम्री दुलही खोज्दै म यहाँ धाएको ।
दुलही –
म जस्ती टाठी नेपाल भरि तिमीले भेट्दैनौ
तर छ केही डिमान्ड मेरो मान्छौ कि मान्दैनौ ।
घरको काम सक्दिन गर्न पहिल्यै भन्देछु
अफिस जाने तनाव पनि म लिन्न भन्देछु ।
सासुमाँ संगै बस्न म हेर मरे नि मान्दिन
अलग्ग आफ्नै ठेगाना तिम्रो छ छैन लौ भन ।
दुलहा –
चीनिया अनि ईटाली पनि खाउँला जहिल्यै
चिटिक्क चिल्लो गाडीमा सधैं घुमौला जहिल्यै ।
बियर चिसो वाइन मीठो पिउँला कहिले
डिस्कोमा पनि झुमेर हामी नाचौला कहिले ।
दुलही –
बाहिर मात्र खाएर हेर जीवन चल्दैन
कुकिङ गर्न तिम्लाई भन आम्छ आम्दैन ।
घरमा एक कान्छा नि सधैं नभई हुँदैन
पकाको भाँडा मस्कौन भन आम्छ आम्दैन ।
दुलहा –
गन्थन यस्ता जति नै गरे कहिले पुग्दैन
तिमरो मेरो मनमा मिले कसैले रोक्दैन ।
हुन्छ त भन मलाई तिमी प्लेनमा उडौला
तिमरो लागि यी काम सारा बिस्तारै सिकौला ।।।
हास्य गीति नाटक (असारे झ्याउरे लोकछन्द ३२३२३३ )
क्यालिफोर्नीया, अमेरिका ।
(स्रोत : रचनाकार स्वयंले  पठाईएको । )
Tags

Post a Comment

0Comments

Thanks

Thanks

Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top