About Surkhet

0

          सुर्खेत नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने एक जिल्ला हो । यस जिल्ला कर्णाली प्रदेशको प्रादेशिक राजधानी समेत रहने निर्णय कर्णाली प्रदेशको मन्त्रीस्तरीय निर्णयले स्वीकृत गरेको छ । बाह्र बण्डाल १८ खण्डालको नामले परीचित यो क्षेत्रको नाम सुर्खेत हुनु पहिले दोभानचौरका रुपमा परिचित थियो । । २०२० को दशकमा यस जिल्लाको सदरमुकाम सुर्खेतको तत्कालिन गोठीकाठा बाट सुर्खेतको वीरेन्द्रनगर कायम भएको थियो ।
        मध्यपश्चिमान्चल विकास क्षेत्रको  सदरमुकामको रुपमा रहेको  सुर्खेत जिल्ला  नेपालका ७५ जिल्ला मध्यको एक भित्रिमधेशको जिल्ला हो । यो जिल्ला समुद्री सतहबाट १९८ मिटरदेखि २,३६७ मिटरसम्मको उचाईमा रहेको छ । नेपाल र मध्यपश्चिमान्चल विकास क्षेत्रको क्रमश ः १.७ र ५.८ प्रतिशत भू–भाग ओगटेको सुर्खेतमा पहाड र तराईको मिश्रित खालको धरातिलय बनोट र हावापानी देख्न सकिन्छ । यो जिल्लाको पुर्व–पश्चिम अधिकतम लम्बाई ११५ कि.मि. र उत्तर–दक्षिण अधिकतम चौडाई ३७ कि.मि. रहेको छ । सुर्खेत जिल्लाको सदरमुकाम वीरेन्द्गनर हो । वीरेन्द्गनर नगरपालिकाको सदरमुकामको रुपमा स्थापना वि.स.२०३३ साल मा भएको थियो  ।  नेपालको  राजधानी देखि लगभग ६०० कि.मी.  उत्तर पश्चिममा र समुी सतह देखि लगभग ६६५  मी. उचाईमा अवस्थित यो न.पा.को उत्तरमा महाभारत पर्बतको रानीमत्ता, रातानाङ्ला र दक्षिणमा चुरे पहाडको हर्रे, देउरालीका सुदर पहाडले घेरिएको कचौरा आकारमा दक्षिण तर्फ ढल्किएको सानो, न धेरै जाडो हुने न धेरै गर्मि हुने सुन्दर उपत्यका हो  । हाल १६ वटा वडामा विभाजित वीरेन्द्गनर नगरपालिका  नेपालका ३६ वटा पुराना न.पा.मध्ये एक हो । बाह्र बण्डाल अठार खण्डालको नामले परिचित यो सुर्खेत जिल्ला वि.स. २०१६ साल अघि  दैलेख जिल्ला अन्तरगत रहेको थियो ।  नेपाल राज्यलाई १४ अचल ७५ जिल्लाको प्रशासिनक विभाजन पश्चात १७ वटा तत्कालीन गाँउ पंचायत र यसको जम्मा क्षेत्रफल ९५४ बर्ग्मिल रहने गरि घोषणा गरिएको यस जिल्लाको समय(समयमा सिमाना थपघट हुदै हाल यसको जम्मा क्षेत्रफल २,४५१ वर्ग कि. मी. रहेको छ भने ४ वटा गाँउपालिका र ५ वटा नगरपालिकाहरु  रहेका छन् । यस जिल्लाको पूर्वमा भेरी र पश्चिममा कर्णाली नदी पर्दछन्  । यो जिल्लाको उत्तरपूर्वमा महाभारत श्रृङ्खला र दक्षिण पश्चिममा चुरे पर्बत पर्दछन्  भने कही बेसी कही पहाडी क्षेत्र रहेको यसको पूर्ब मालारानी गा.वि.स. देखी पश्चिम लगामसम्म लम्बिएको यसको भु–वनोट झट्ट हेर्दा लगभग इट्टा आकारको छ । यस जिल्लाको पुरानो नाम दोभानचौर हो ।  
         भौगोलिक दृष्टिकोणले सुर्खेत जिल्लालाई ३ भागमा  विभाजन गर्न सकिन्छ । जसमा जिल्लाको उत्तरी भागमा महाभारत श्रृङ्खला रहेको छ । महाभारत श्रृङ्खला भित्र सुर्खेत जिल्लाको १,००० देखि २,३६७ मिटर उचाई सम्मको करिब ४३ प्रतिशत भु–भाग रहेको छ । यस जिल्लाको साविकको लेखगाँउ, जर्वुटा, नेटा, अवलचिङ्ग, पाम्का, मटेला, रजेना, गर्पन, राकम, काप्रिचौर, छाप्रे, लेखफर्सा, गुमी, रानीवास गाँउ विकास सिमित पर्दछन् । दोश्रो भौगोलिक क्षेत्र अन्तर्गत मध्य मैदानी उपत्यका तथा पहाडी क्षेत्र रहेको छ । यस क्षेत्रले जिल्लाको लगभग ४२ प्रतिशत भू–भाग ओगटेको छ । यो भू–भाग जिल्लाको मध्य भागमा समुद्र सतहबाट लगभग २५० देखि १,००० मिटरसम्मको उचाइमा पर्दछ ।  साविकका दशरथपुर, लेखफर्सा, गुमी, रामघाट, मेहेलकुना, मैनतडा, घुमखहरे, साहारे, वीरेन्द्गनर, लाटीकोईली, छिन्चु, उत्तरगंगा, कुनाथरी, घाटगाँउ, बाबियाचौर, सालकोट, गुटु, विध्यापुर, कल्याण गा.वि.स.हरु आदिका धेरैजसो भू–भाग यस क्षेत्रमा पर्दछन्  । तेश्रो भौगोलिक क्षेत्र अन्तरगत चुरीया श्रृङ्खला पर्दछ । सुर्खेत जिल्लाको दक्षिण भागमा अवस्थित १००० देखि १५०० मिटर सम्मको उचाईमा रहेको यस क्षेत्रले जिल्लाको लगभग १३ प्रतिशत भू–भाग ओगटेको छ । यस भू–क्षेत्र भित्र साविकका लेखपराजुल, तातापानी, हरिहरपुर तथा छिचु गा.वि.स.हरु र  वीरेन्द्रगर नगरपालिको केही क्षेत्र पर्दछन्  ।
  • सुर्खेत नाम रहनुको आधारः
  1. सुर्खेतको पूर्बी भेगबाट भेरी र पश्चिमबाट कर्णाली नदी बगेर यस क्षेत्रलाई सुरक्षित राखेकाले यसको नाम सुर्खेत रहन गएको भन्ने    पाइन्छ ।
  2. सुर्खेत उपत्यकाको खेतमा सिरु एक प्रकारको झार धेरै पाइने भएकाले सिरु(खेतबाट सुर्खेत नाम रहन गएको भन्ने पाइन्छ ।
  3. सुर नामका देबताले सुर्खेत उपत्यकाको पानी बाहिर फाली बस्ति बसालेकोले सुर्खेत नाम रहन गएको अनुश्रुति पाइन्छ ।
  •  भौगोलिक अवस्था :
  1.              अक्षांश           :  २८ ० २०’  देखि २८ ० ५८’सम्म
  2.       देशान्तर          :  ८० ० ५९’  देखि ८२ ० २’सम्म
  3.       क्षेत्रफल          : २४५१ वर्ग कि.मी.
  4.       औसत लम्बाइस्     : ...........।
  5.       औसत चौडाइ      :  ............।।
  6.       शहरी क्षेत्रफल      : ३४ वर्ग कि.मी.
  7.       ग्रामीण क्षेत्रफल     : २४१७ वर्ग कि.मी.
  • सीमाना :
    पूर्व          सल्यान
    पश्चिम  डोटी अछाम
    उत्तर  अछाम दैलेख जाजरकोट
    दक्षिण  कैलाली बर्दिया 
  • भौगोलिक स्थिति ः
  1. महाभारत श्रृङ्खला ः
 यस क्षेत्रले जिल्लाको लगभग ४३५ भू(भाग ओगटेको छ। यो भू–भाग उत्तरी भेगमा समुन्द्र सतहबाट लगभग १०००(२३६७ मीटरसम्मको उचाइमा पर्दछ ।
  1. मध्य मैदानी ः  
उपत्यका तथा पहाडी क्षेत्र यस क्षेत्रले जिल्लाको लगभग ४२५ भू–भाग ओगटेको छ। यो भू–भाग जिल्लाको मध्य भागमा समुन्द्र सतहबाट लगभग २५०(१००० मीटरसम्मको उचाइमा पर्दछ ।
  1. चुरीया श्रृङखला 
यस क्षेत्रले जिल्लाको लगभग १३५ भू(भाग ओगटेको छ। यो भू(भाग दक्षिणी भेगमा समुन्द्र सतहबाट लगभग १०००(१५०० मीटरसम्मको उचाईमा पर्दछ ।
  • प्रमुख नदी ः
मूख्य नदी भेरी र कर्णाली र सहायक नदी रखोलाहरू ( झुप्रा खोला चिङ्गाड खोला गोचे खोला सोत खोला, सिम्ता खोला ,जुगै खोला खोर्के खोला ,इत्राम खोला,निकास खोला, आदी।
  • तालरतलैया ः

बुलबुले ताल, बराह ताल, जाजुरा दह, गुप्ती ताल, मुली दह
  • प्रमुख धार्मीक क्षेत्र ः
देउती बज्यै मन्दिर, लाटिकोइलीको शिव मन्दिर, शिद्वपाइला, गणेश चोकको शिव मन्दिर, गणेश मन्दिर, कालीका मन्दिर, कृष्ण मन्दिर, इत्रामको शिवालय, उत्तरगंगा जलेश्वर मन्दिर, छिन्चु र रेडियो नेपालको उत्तर तिरको देउती मन्दिर, भोटेचुली(गुमी चुली) शिव मन्दिर,काक्रेबिहार भग्नावशेषआदी।
  • पर्यटकीय क्षेत्र ः
बराह ताल, चमेरो गुफा, बिजौरा, भेरी नदि कर्णाली नदि, र्याफटीङचौकुखानी, पन्चपुरि ःमन्दिर, कोटको थुम्को(सिम्ता,बजेडीचौरे),भोटेचुली–खानीखोला, सिम्ताउपत्यका काँक्रेबिहार, बुलबुले ताल आदी।
देउतिबज्यै सुर्खेतको ऐतिहासिक मन्दिर मध्येको एक हो । बिषेशगरि शिबरात्रीमा यो मन्दिरमा ठुलो मेला लाग्ने भएपनि दैनिक जसो पुजाआजा गर्नेहरूको निकै घुईचो लाग्ने गर्दछ ।
  • व्यापारिक महत्वका स्थान ः
बीरेन्द्रनगर बजार, छिन्चु बजार, रामघाट बजार, बड्डिचौर बजार, बाबियाचौर, गुठु बजार, मेहलकुना बजार, जहरे बजार, सिम्ता राकम बजार आदी।
  • सुर्खेत जिल्ला
  1. अञ्चल           ः  भेरी अञ्चल
  2. प्रदेश ः कर्णाली
  3. सदरमुकाम ः वीरेन्द्रनगर,
  4. क्षेत्रफल          ः २,४५१ वर्ग कि.मि.
  5. जनसङ्ख्या ः ३,५०,८०४
  6. गाउँपालिका(हरू)    ः 
  7. नगरपालिका(हरू)    ः वीरेन्द्रनगर, भेरीगंगा नगरपालिका, शुभाघाट गंगामाला नगरपालिका
  8. संविधानसभा निर्वाचन क्षेत्र संख्या ः ३
  9. भौगोलिक अवस्थिति    ः पहाड
  10. सबै भन्दा अग्लो स्थान : भोटेचुली (खानीखोला सिम्ता) मिटर
  11. सबै भन्दा होचो स्थान   ः मिटर
  12. प्रमुख जातिहरू      ः आदि
  13. प्रमुख भाषाहरू      ः नेपाली आदि
  14. मानव विकास सूचकाङ्क ः (७५ जिल्लाहरू मध्ये)
  15. टेलिफोन कोड        ः ०८३
 ·       zfl;gs tyf /fhgLlts ljefhg
  • :yfgLo tx k'g;+/rgf ebf cufl8 M
  1. ljsf; If]q           M dWoklZrdfGrn ljsf; If]q
  2. crn                M e]/L crn
  3. lhNnf ;b/d'sfd     M jL/]gu/ gu/kflnsf
  4. uf=lj=;= ;+Vof       M $) j6f
  5. gu/kflnsf ;+Vof    M # j6f
  6. Onfsf ;+Vof         M !! j6f
  7. lgjf{rg If]q ;+Vof    M # j6f
  • :yfgLo tx k'g;{+/rgf kZrft M
lj=;=@)&# kmfu'0f ( ut]sf] g]kfn ;/sf/sf] lg0f{o cg';f/ ;'v]{t lhNnfsf] k'g;+/rgf o; k|sf/sf] /x]sf] 5 .
  1. lhNnf                M ;'v]{t
  2. k|b]z g+               M ^
  3. gu/kflnsf  ;+Vof     M % j6f 
  4. ufFpkflnsf ;+Vof      M $  j6f
  5. s'n j8f ;+Vof        M (( j6f 
  6. gu/kflnsf ctut j8f ;+Vof       M  ^$  j6f
  7. ufFpkflnsf ctut j8f ;+Vof       M  #% j6f

  • gS;fut ?kdf ljefhg M

$ ufFpkflnsf % gu/kflnsf ul/ ;'v]{t lhNnfdf s'n ( :yfgLo txx? /x]sf 5g .

  1. ufFpkflnsfx? – rf}s'g], a/fxtfn,lr+uf8 / l;Dtf
  2. gu/kflnsfx? – la/]G›gu/, e]l/u+uf, n]sa]l;, u'ef{sf]6 / k~rk'/L .

Post a Comment

0Comments

Thanks

Thanks

Post a Comment (0)

#buttons=(Accept !) #days=(20)

Our website uses cookies to enhance your experience. Learn More
Accept !
To Top